बलरामा कांग्रेसको अधिवेशनमा, मतदान अधिकृतसहित ४ प्रहरी घाइते

Pravin Panday

ByPravin Panday

१३ मंसिर २०७८, सोमबार १७:२९ १३ मंसिर २०७८, सोमबार १७:२९ १३ मंसिर २०७८, सोमबार १७:२९

सर्लाही — कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ । झडपमा मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।

बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो भने संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो । त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो । कांग्रेस कार्यकर्ताले प्रहरी र मतदान अधिकृतमाथि नै आक्रमण गरेपछि झडप भएको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

मतदान अधिकृत झाको टाउकोमा चोट लागेको छ । यस्तै, प्रहरी निरीक्षक सुरेश ठाकुरसहित ४ जना प्रहरी पनि घाइते भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.