१३ भाद्र २०७९, सोमबार १६:३१ १३ भाद्र २०७९, सोमबार १६:३१ १३ भाद्र २०७९, सोमबार १६:३१
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता दिपकराज जोशीले शाहाविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा हालेका छन् । केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो । नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो । बालेनविरूद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ।
सर्वोच्चको आदेश लगत्तै मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । यो स्टाटसले अदालतको अवहेलना भएको भनेर जोशीले शाहाविरुद्ध मुद्दा दायर गरेका हुन् ।