पोखरा, २६ फागुन। युवा बौद्ध संघ धर्मशीला बुद्ध बिहार नदिपुर पोखराको आयोजनामा शनिबार बहादुरे माध्यामिक विद्यालय भदौरे देउरालीमा निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ।
प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले अन्य संस्थाहरुले पनि यस्ता प्रकृतिका शिविरहरु आयोजना गर्ने गरेको भए पनि युवा बौद्ध संघले गरेको निःशुल्क शिविरमा विरामीको सहभागीको उल्लेख्य रहेको बताए।
हिमालयन आखाँ अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग सम्पन्न उक्त निःशुल्क आखाँ शिविरमा २५२ जनाले आखाँ परिक्षण गरेका थिए। ती मध्य १७ जनामा मोतिया विन्दु भेटिएकेा निःशुल्क आखाँ शिविरका संयोजक आनन्द बज्राचार्यले बताए।
मोतिया विन्दु भएको १७ जनाको थप उपचारको लागि पोखराको हिमालयन आखाँ अस्पतालमा रिफर गरिएको छ। थप उपचारमा आवश्यक पर्ने सबै विमारीको अप्ररेशन शु्ल्क र अन्य खर्च संघले नै सहयोग गर्ने संयोजक बज्राचार्यले बताए।
संघका अध्यक्ष सुदीप प्रधानांगको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा भन्ते धम्मरत्नले पञ्चशील प्रदान गरेका थियो। कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ४ का अध्यक्ष भरत के.सी,हिमालयन आखाँ अस्पतालका डा.सुभाष नेपाल, बहादुरे माध्यामिक विद्यालयका प्रमुख राम प्रसाद पौडेल लगायतले मन्तव्य राखेको थियो।