पोखरा, २२ फागुन। बिरुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कार्यक्रमअन्तर्गत अवलोकन भ्रमण शुरु भएको छ।
संस्थाका अध्यक्ष चित्रराज बराल (गोपाल) को नेतृत्वमा ८० बढी सदस्य सम्मिलित भ्रमण टोली बुधबार पोखराबाट पश्चिमतर्फ प्रस्थान गरेको हो।
चारदिने भ्रमणका क्रममा सो टोलीले प्यूठानको स्वर्गद्वारी, सुर्खेत, दाङ तुलसीपुर, लुम्बिनीको भ्रमण गरी पोखरा फर्किने कार्यक्रम छ।
संस्थाका सेयर सदस्यबीच आत्मियता बढाउने तथा विभिन्न सहकारीको अवलोकन भ्रमण गर्ने उद्देश्यका भ्रमण आयोजना गरिएको अध्यक्ष बरालले बताए। टोलीमा सेयर सञ्चालक सदस्य, सल्लाहकार, विभिन्न उपसमिति सदस्य तथा कर्मचारीको सहभागिता रहेको भ्रमणमा सहभागी पत्रकार सुष्मा पौडेलले बताइन्।