ब्यारेकभित्रै जवानले गरे आत्महत्या

Pravin Panday

ByPravin Panday

२१ फाल्गुन २०७५, मंगलवार १०:२१ २१ फाल्गुन २०७५, मंगलवार १०:२१ २१ फाल्गुन २०७५, मंगलवार १०:२१


कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय बीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए । आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ उनले भने —के कारणले आत्महत्या गरेका हुन भन्नेबारे अनुसन्धान भइरहेको उनले वताए ।

खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.