भरतपोखरीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिने

Pravin Panday

ByPravin Panday

१५ फाल्गुन २०७५, बुधबार १२:३३ १५ फाल्गुन २०७५, बुधबार १२:३३ १५ फाल्गुन २०७५, बुधबार १२:३३


पोखरा, १५ फागुन । पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरिएको र त्यसै अनुरुप सरकारले पहल शुरु गरेको हो ।

क्रिकेट रङ्शाला निर्माणका लागि भरतपोखरीस्थित पशुपतिघाट क्षेत्रको जग्गा सरकारी टोलीले मङ्गलबार स्थलगत अवलोकन गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन नेतृत्वको टोलीले स्थलगत रुपमै क्रिकेट मैदानको सम्भाव्यता अध्ययन एवं अवलोकन गरेको मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेले जानकारी दिए ।

विसं २०७१ मा तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको विशेष पहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि उक्त स्थानलाई उपयुक्त ठहराइएको तत्कालीन पोखरा अन्तराष्ट्रिय रङ्गशाला निर्माण समितिका सचिव समेत रहेका नेपाल क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । “उक्त जग्गालाई क्रिकेट मैदान निर्माणका लागि उपयोग गर्ने गरी तत्कालीन समयमा पनि पहल भएको हो,” उनले भने— “भौगोलिक अवस्थिति समेतका आधारमा यो स्थल क्रिकेट मैदानका लागि अत्यन्त उपयुक्त छ ।”

तत्कालीन समितिले उक्त जग्गा क्रिकेट मैदानका लागि उपलब्ध गराइदिन साविकको लेखनाथ नगरपालिकालाई पत्राचार गरी बोर्डबाट पारित समेत भएको थियो । सेती नदीको किनारास्थित झण्डै दुई सय रोपनी क्षेत्रफलको उक्त जग्गाबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका विभिन्न हिमाली दृश्य अवलोकन गर्न सकिन्छ भने वातावरणीय रुपमा पनि स्वच्छ र स्वस्थ छ ।

कृषि पर्यटनमा राम्रो प्रगति गर्दै दूधको शहरका रुपमा परिचित भरतपोखरीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण भएसँगै यो क्षेत्र खेल पर्यटनको समेत आकर्षक गन्तव्य हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.