हेमजा, २५ फागुन। पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा हेमजामा श्रद्घाञ्जली सभा तथा दीप प्रज्ज्वलन गरिएको छ।
नेकपा हेमजाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले जनमुखी बजेट ल्याउने नेताका रुपमा स्व. भरतमोहन र विकासप्रेमी, इमान्दार नेताका रुपमा स्व. रवीन्द्र रहेको स्मरण गरे । उनले दुवै नेताको स्वर्गारोहणले देशलाई अपूरणीय क्षति पुगेको पनि जनाएका थिए।
नेकपा वडा संयन्त्र सदस्य माधवशरण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन संयन्त्र सदस्य देवीप्रसाद अधिकारीले गरेका थिए।