पोखरा, २७ फागुन । पोखरा महानगरपालिकाले सोमबार तेस्रो स्थापना दिवस मनाएको छ।
दिवस अवसरमा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्।
महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पहिलो रक्तदाता प्रतीक्षा चालिसेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी हुन्।
सो कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी लगायत सर्वसाधरणले रक्तदान गरेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो।