रौतहटमा विभिन्न महामारीजन्य रोगको रोकथाम नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासंग १ दिने अनतरक्रिया कार्यक्रम सम्पन्न
असाढ २६ ,रौतहट
रौतहटको गरुडा नगरपालिकामा विभिन्न महामारीजन्य रोगको रोकथाम नियन्त्रण तथा निगरानी का लागि सरोकारवालासंग १ दिने अनतरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गरुडा नगरपालिका – ५ शिवनगर स्थित कृषि सेवा केन्द्रको प्राङ्गणमा,गरुडा नगरपालिका – ५ को वडा अध्यक्ष जयमंगल राय यादवको प्रमुख अथितियता तथा स्वास्थ्य कार्यालय गौर रौतहटको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न गरिएको छ। गरुडा नगरपालिका हरेक वडाका नागरिकहरुमा महामारीको प्रभाव नपरोस् भने उदेश्यका साथ, स्थानीय नागरिक सम्बन्धित निकाय स्वास्थ्यकर्मी र जनप्रतिनिधि बिच सो अन्तरक्रिया कार्यक्रम गरिएको थियो।हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ लगायत प्रदेश भित्र देखा पर्ने किटजन्य रोगहरु , पानीजन्य रोगहरु , जनावरजन्य रोगहरु लगायत अन्य महामारी हुन् सक्ने रोगहरुबाट समस्त मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ र यस्ता रोगहरुको प्रभावकारी रोकथाम , नियन्त्रण र ब्यबस्थापनको लागि ल्याबहरुको भूमिका सम्बन्धि बिषय बस्तु समेटेर सरोकार वालाहरुको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गौर रौतहटको जन स्वास्थ्य निरिक्षक तथा फोकल पर्सन हरेन्द्र प्रसाद गुप्ताले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य प्रस्तुति सहित कार्यक्रमको बारेमा बताउनु भएको थियो। उक्त कार्यक्रममा गरुडा नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष जयमंगल राय यादव,वडा सदस्य कमली देवी,वडा सदस्य रामनरायण यादव,कार्यपालिका सदस्य सुशिला देवी ,गौर अस्पताल का डा.अमित मण्डल ,कटहरिया स्वास्थ्य शाखाका संतोष यादव, स्थानीयबासी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
