महिला बन्दीमाझ सांसद मीना गुरुङ

Pravin Panday

ByPravin Panday

७ फाल्गुन २०७५, मंगलवार ०९:३१ ७ फाल्गुन २०७५, मंगलवार ०९:३१ ७ फाल्गुन २०७५, मंगलवार ०९:३१

पोखरा, ६ फागुन। गण्डकी प्रदेश सांसद मीना गुरुङले जिल्ला कारागार कार्यालय कास्कीका बन्दीलाई फलफूल वितरण गरेकी छन्।

सोमबार कारागारमै पुगेर सांसद गुरुङले त्यहाँस्थित सबै ५४ जना महिला बन्दीलाई फलफूल वितरण गरेकी हुन्। उनले बन्दीहरुलाई सान्त्वना दिँदै परिस्थितिले अहिले कठिन मोडमा ल्याए पनि जीवन सधैँ एकै नरहने र हातमा सीप भए आयआर्जनको बाटो बन्ने भएकोले सीप आर्जन गर्नु अनिवार्य रहेको बताइन्।

विगतमा आफूले बन्दीहरुलाई व्युटीसियन तालिम दिँदैआएकोमा यसपालि पुनः सो प्रकारको तालिम दिने उनले जानकारीसमेत गराइन्।

सांसद गुरुङले आफूले व्युटीसियन तालिम सिकाएका कतिपय बन्दीहरु हाल स्वरोजगार बनेको र प्रशिक्षण दिन सफल भएको उदाहरण दिइन्।

जिल्ला कारागार कार्यालय कास्कीका कार्यालय प्रमुख गणेश गौतमले महिला बन्दीबारेको अवस्थाबारे जानकारी दिए। साथै उनले सांसद गुरुङको सामाजिक कार्य निकै प्रशंसनीय भएको बताए। कठिन परिस्थितिमा रहँदा पनि सांसद नै यसरी आएर सहयोग गरेकोमा बन्दीहरुको आँखा खुसीले रसाएका थिए।सांसद तलब भत्ता सामाजिक सेवामा लगाउने उद्घोष साथ सांसद गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यमा रकम सहयोग गदैर्आएकी छन्।

पोखरा महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्िटच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एण्ड व्युटी कलेजकी प्रमुख कार्यकारी अधिकृत सांसद गुरुङको वरिष्ट सौन्दर्यकर्मी एवं सञ्चारकर्मीको समेत परिचय छ।

Leave a Reply

Your email address will not be published.