मासु व्यवसायी संघ कास्कीमा तिवारी

Pravin Panday

ByPravin Panday

१८ फाल्गुन २०७५, शनिबार १७:०४ १८ फाल्गुन २०७५, शनिबार १७:०४ १८ फाल्गुन २०७५, शनिबार १७:०४


पोखरा, १८ फागुन । मासु व्यवसायी संघ कास्कीको प्रथम अधिवेशनले गोविन्द तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा ज्ञानहरी आचार्य, सचिवमा राजेन्द्र तिमल्सिना, सह–सचिवमा पवन नेपाल, कोषाध्यक्षमा लोकराज शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा चिन वहादुर गुरुङ, सामुद शाह, नरेश थापा, वदी्रनाथ भुर्तेल, गोविन्द श्रेष्ठ र गंगामाया गिरी रहेका छन् । अशोक श्रेष्ठ संयोजक, प्रेम प्रसाद पौडेल र लिला वल्लौ न्यौपाने सदस्य रहेको निर्वाचन मण्डलले उनीहरुलाई सर्वसम्मत चयन गरेको हो ।

प्रमुख अतिथि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख केदारराज पाण्डेले पछिल्ला वर्षमा पोखराको मासु व्यवसाय व्यवस्थित वन्दै गएको बताए ।

पोखरामा व्यवस्थित वधशाला वन्ने निश्चित रहेको र त्यसमा महानगर र प्रदेश सरकारको आर्थिक सहयोग र हे फर इन्टरनेशनलको प्राविधिक सहयोग रहने हेफर इन्टरनेशनल परियोजना प्रमुख श्याम पौडेलले बताए ।

अधिवेशनको उद्घाटन सत्रमा पशु सेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल पोखराका प्रमुख ठगेन्द्र अर्याल, भेटेरिनरी एसोसिएसन नेपालका केन्द्रीय महासचिव गृष्म प्रसाद न्यौपाने, एशोसिएसन सचिव डा. अशेष भट्टराई, उपभोक्ता मञ्च कास्कीका सचिव राजुराज अधिकारी, पोल्ट्री व्यवसायी संघ कास्कीका अध्यक्ष गुरु प्रसाद पौडेल, कुखुरा तथा खसी मासु व्यवसायी समितिका पूर्व अध्यक्ष प्रेम प्रसाद पौडेल लगायतले आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published.