पोखरा, २८ फागुन । मिर्गाैला पीडित बुटवल उप–महानगर पालिका —९, तिनाउपथ निवासी १६ वर्षीया आशक्ति घलेलाई उपचारका लागि चार भञ्ज्याङ तमु समाज हङकङले थप दुई लाख ६५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
पीडितको उपचारका लागि दुर्गा गुरुङ र रामसिंह गुरुङको संयुक्त नाममा कामना विकास बैंकमा खोलिएको संयुक्त खातामा उक्त उपचार सहयोग रकम पठाएको चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिए ।
पर्वत जिल्ला चार भञ्ज्याङ अन्र्तगत फलेवास नगर पालिका– ८ ठाना काफलबोट गाउँभई बुटवल निवासी आशक्ति घले गुरुङलाई उपचारका लागि यस अघि गंगावहादुर गुरुङले ७ लाख ५७ हजार ५ सय रुपैया सहयोग प्रदान गरेका थिए ।
चारभञ्ज्याङ तमु समाज हङकङले १० लाख २२ हजार ५ सय रुपैया सहयोग गरेको छ । बुटवल रामनगर स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत कक्षा १० मा अध्ययनरत मिगौर् ला पीडित आशक्ति घले गुरुङ पुस २७ गते बाट हप्तामा दुइ पटक गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलासिस गराउदै आएकी थिइन ।
उनलाई उपचारकै लागि काडमाडौं लगिने भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले चारभञ्ज्याङ तमु समाज हङकङले अभियान सञ्चालन गरी सहयोग गरेको हो।