रौतहट मौलापुर
मौलापुर नगरपालिकाको पाँचौ बजेट नगर अधिवेशनमा स्थानियवासी र केही स्थानिय नेताहरु द्धारा नगरको आय व्याय र केही अनियमिता कार्य समेतको कुरा लिएर विरोध प्रदर्शन गरेका छन ।
निज पर्दशनकारीहरुले मेयर रिना कुमारी साह र उनको पति पूर्वमन्त्री प्रभु साह समेतको विरोधमा नाराबाजी गर्दै नगर परिक्रमा समेत गरेका थिए । प्रदर्शनमा स्थानिय मानिस लगायत स्थानिय स्तरकै नेपाली काँग्रेस, माओवादी , एमाले लगायत जसपा समेत विभिन्न पार्टीको दर्जनौं नेताहरुको सहभागिता रहेको थियो ।
विरोध प्रदर्शन भई रहेकोवेला प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मौलापुरको स्थित खराब हुन वाट बचाउन र उपस्थित मानिसहरुको ज्यान जोखिममा पर्नवाट बचाउनका लागि सुरक्षा कर्मी परिचालन गरि सुरक्षा कर्मीहरुले केही थान आसु ग्यास समेत प्रहार भएको थियो ।
विरोध पर्दशन व्रmममा स्थानिय नेताहरु विचमा झडप हुँदा दर्जनौं नेताहरु घाईते भएको थियो ।
मौलापुर नगरपालिका अधिवेशनमा सामेल भएका स्थानिय नेताले आफुलाई मधेश मसिहा भनिने तलो तहका उदन्ड एवं अराजक अलोतान्त्रिक गतिविधि अपनाएर नगरपालिकाको अधिवेशन विफल पार्नको लागि निजहरुले विभिन्न आराजक अपनाइ विरोध प्रदर्शन गरेको भए पनि जनताको अपार सहभागिता विच नगरपालिकाको पाँचौ बजेट नगर अधिवेशन भव्याताका साथ सफल भएको कुरा भन्नु भयो ।
