युवावीच कुटाकुट हुदा एक जनाको मृत्यु

Pravin Panday

ByPravin Panday

१८ फाल्गुन २०७५, शनिबार १८:०१ १८ फाल्गुन २०७५, शनिबार १८:०१ १८ फाल्गुन २०७५, शनिबार १८:०१

पोखरा, १८ फागुन । कास्कीको माछापुच्छे् गाउँपालिका—२ च्याङ्लुङ्गमा शुक्रवार राति युवावीच एक आपसमा कुटाकुट हुदा एक जनाको मृत्यु भएको छ भने दुई ज जना गम्भीर घाइते भएका छन् ।

माछापुच्छे् — २ स्थित च्याङ्लुङ्गकोट युवा ब्लबको वार्षिक उत्सवमा आयोजित महोत्सवमा पुगेका उनीहरुवीच राति ११.३० वजे ढुंगा फालेको निउमा चिर्पट दाउराले एक आपसमा हानाहान भएको थियो ।

कुटाकुट हुदा घाइते भएका मध्ये पोखरा—१६ लामाचौर निवासी २२ बर्षीय मनोज गर्बुजाको पोखरा स्थित फिस्टेल हस्पतालमा उपचारकै क्रममा शनिवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा रवीन्द्रमान गुरुङले जानकारी दिए । मृतक गर्बुजाको चिर्पट दाउराले टाउकोमा हिर्काउदा गम्भीर चोटहरु रहेका प्रहरीले जानकारी दिएको छ ।

कुटपिटमा सम्लग्न पोखरा— १६ का २६ बर्षीय लालवहादुर गुरुङ र १८ बर्षीय शिव बाँनिया गम्भीर घाइते भएका छन् । घाइते गुरुङ र बाँनियाको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ । कुटपिटमा सम्लग्न अन्य तीन जना भने फरार रहेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ । उनीहरको पनि टाउको र शरिरका विभिन्न भागमा चोटहरु छन् ।

कुटपिटमा नै संम्लग्न भएका आशंकामा १२ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । फरार अन्य तीन जनाको पनि खोजिकार्य भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु मादक पदार्थ सेवन गरेको र ढुंगा हानेको निउमा एक आपसमा चिर्पट दाउराले आउको र शरिरका विभिन्न भागमा हानाहान गरेको अनुसन्धानवाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published.