बाग्लुङ, ३ चैत । जिल्लाको निसीखोला गाउँपालिका स्थित रँगीन युवा क्लबले होली बिशेष कार्यक्रम गर्ने भएको छ ।
“विकाश गतिशीलता सामाजिक रुपान्तरण रंगीन युवाक्लबको प्रतिबद्धता” भन्ने मूल नाराकासाथ क्लबले विगतका बर्षमा जस्तै यसबर्षपनि आगामी चैत्र ५– ७ गतेसम्म विविध कार्यक्रमका साथमा होली पर्व मनाउने तयारी तीव्र पारेको क्लब सचिव राजमान बुढाले जानकारी दिए ।
रँगको पर्वको रुपमा खेलीने होलीलाई विगत देखिनै मनाउँदै आएको क्लबले यसबर्ष खुल्ला क्लब स्तरीय पुरुष महिला भलिबल, डवल जुनियर व्याडमिन्टन, रँगीन आइडल, नृत्य, लोकदोहोरी, माछा छोपाई प्रतियोगिता सहित राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुति रहने क्लबका अध्यक्ष विमल शाहीले बताए ।
उक्त होली बिषेश कार्यक्रमको उद्घाटन निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले गर्ने बताइएको छ ।