
लेखनाथ, १९ माघ। नेपाल रेडक्रस सोसाइटी पोखरा–३२, उपशाखाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष अक्कलबहादुर कार्कीले मानवीय कार्यमा समर्पित रेडक्रसले समाजमा सकारात्मक सन्देश दिने खालका कार्य गर्दै आएकाले आगामी दिनमा वडा कार्यालयबाट हुने हरेक कार्यक्रममा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
उपशाखा सभापति किसान परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सभापति मेघराज पौडेल, निवर्तमान सभापति टेकनाथ पन्थी, आवीवन सदस्य मोहनकुमार प्रधान, जिल्ला शाखाका सहजकर्ता रमा न्यौपाने लगायतले बोलेका थिए। रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा संचालित सो कार्यक्रममा स्थानीय आमा समूह र युवा क्लबको सक्रियतामा संचालित कार्यक्रममा ३५ जनाभन्दा बढी आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य आजीवन सदस्य शरण कुमार र संचालन सचिव विन्दुराज तिवारीले गरेका थिए।