राउत समूहले कानून उल्लङ्घन गरे कानूनी दायरामा ल्याउँछौँ– महान्याधिवक्ता

Pravin Panday

ByPravin Panday

२९ फाल्गुन २०७५, बुधबार ११:५३ २९ फाल्गुन २०७५, बुधबार ११:५३ २९ फाल्गुन २०७५, बुधबार ११:५३

दाङ, २९ फागुन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी रुपमा काम गर्नेुपर्ने बताएका छन् ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।

अर्काे प्रसङ्गमा महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताए । यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउँछ , उनले भने ।  कानून उल्लङ्घन गरे फेरि पनि उक्त समूहलाई कानूनी दायरामा ल्याइने उनले बताए ।

सहन्यायाधिवक्ता थलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले न्यायालय जनताप्रति बफादार हुनुपर्ने बताए । चार करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको उक्त भवन निर्माणको काम विसं २०७४ पुसमा सम्पन्न भएको हो । चार तला रहेको उक्त भवनमा ४३ कोठा रहेको शहरी भवन डिभिजन कार्यालयका प्रमुख परीक्षित कडरियाले बताए ।