राजदेवी नगरपालिका वडा नं.१ को वडा अध्यक्ष पदको भावि उमेदवारः– वकिल राय यादव

Pravin Panday

ByPravin Panday

२६ फाल्गुन २०७८, बिहीबार १६:२१ २६ फाल्गुन २०७८, बिहीबार १६:२१ २६ फाल्गुन २०७८, बिहीबार १६:२१
Grungy background or texture with dark vignette borders

रौतहट , राधेश्याम साह

राजदेवी वडा न.१ को वडा वासीको चाहना, भवना अनुसार सम्मान गर्न ढृड संकल्प वोकेका सफल, दक्ष, सवल, लोकतन्त्र र संघियताको सम्मान गर्ने राष्ट्रहितकारी, नगरहितकारी कर्मठ, ईमन्दार, विकासप्रेमी युवा नेता वकिल राय यादव ले वडा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
यादवले आफनो घोषणा पत्रमाः स्थानीय तहका निर्वाचनमा राजदेवी नगरपालिका वडा नं.१ को वडा अध्यक्ष पदको उमेदवारी दिने घोषगा गर्दै वहाँले २४ वुँदे अवधारणा प्रतिबद्धता सार्जजनिक गर्नु भएको छ ।
यादवले  अघि भएको स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्र पार्टीका प्रत्यर्शी नरेश राय यादववाट केही मतान्तरले पराजित हुनु भएको थियो । यस्तै आउँदो स्थानिय निर्वाचनमा वडा वासीको आशिर्वादरुपी मतले विजयी गराउँने आशा राख्दै यादवले २४ बुँदे अवधारणा प्रतिबद्धतामा राजदेवी वडा नं. १ मा वडा अध्यक्ष पदमा निर्वाचित भए, उक्त वडाको वडा अध्यक्ष नभई वडा को जन सेवकको रुपमा काम गर्ने अवधारणा प्रतिवद्धता जाहेर गरेको छ ।
त्यस्तै सार्वजनिक गरेको अवधारणा प्रतिबद्धता निम्न वुँदाहरुमा उल्लेख गरी सार्वजनिक गरेको छ ः–
१.कसैको पूर्व रिसइवी सधान गर्ने बदनियतले होईन वलकी जन सहमतिले निस्वार्थ रुपमा काम गर्ने छु ।
२. प्रत्येक महिनाको अन्त्यमा वडाको सबै खर्चहरु पारदर्शी  जन समक्ष सार्वजनिक गरिने छ ।
३. वडा भित्र पावर, पहुच, बल र पैसाका आधारमा नभएर नियम कानुन र सिस्ट्मका आधारमा काम गर्ने प्रतिबद्धता छ ।
४.वडामा हुने अधिकांश कामहरु डिजिट्ल माध्यमबाट हुने छन ।
५.वडा भित्र स्वास्थ्य बिमाको अवधारणा ल्याउने उच्च निकायमा मांग गरिने छ ।
६. पाच बर्ष भित्र वडा भित्रका सबै बाटोहरु कालोपत्रे हुने छन ।

७)पहिला वडा स्तरीय वडाका जन्ताहरुका लागि फ्री सेवामा एम्बुलेन्स किन्ने !

८) वडाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर बहालि गरि बर्थिङ्ग सेन्टर खोल्ने !
९) वडामा अधारभुत बिधालयमा लाई , उच्च बिधालय परिणत गर्ने !
१०)शिक्षा सुधारका लागि बिधालयमा प्रत्येक महिना छड्के चेकिङ्ग गर्ने, बिधार्थीहरु संग बिषयगत प्रशन सोधपुछ गर्ने, जवाफ नदिए सम्बन्धित शिक्षकलाई कार्वाही गर्ने !
११)वडाका प्रत्येक जेष्ठनागरिकको घरघरमा वृद्धा पेन्सन बितरण गर्ने!!!
१२)वडाको प्रत्येक पोलमा उज्यालो बत्ती जडान गर्ने!!
१३)वडामा रहेका प्रत्येक नाला र सडक लगायतको वातावरण स्वच्छ राख्ने छु ।
१४)वडामा आउने बजेट कुन कुन योजनामा खर्च गर्ने सम्बन्धि वडामा भेला गरी बैठकबाट पारित गर्ने !!!
१५)वडामा गरिब ब्यक्तिलाई उपचारमा वडाबाट मदत पुर्याउने !!!
१६)वडाको समग्र ढल निकास लाई प्राथमिकता दिनेछु ।
१७)वडा भित्र SEE सम्म निशुल्क पठनपाठनको गारेन्टी !!
१८)गरिब जेहेन्दार बिद्यार्थी लाई १२ सम्म निशुल्क अध्यापन को ब्यवस्था !!
१९)दलित बिद्यार्थी लाई बैच्लर सम्म निशुल्क अध्यन को ब्यवस्था !!
२०)प्रत्येक परिवारमा स्वच्छ खाने पानीको पहुँच!!
२१)वडा स्तरमा खेलकुद को विकास !!
२२)वडाको हरेक टोलमा घरेलु उधोग स्थापन गरि रोजगारी सिर्जना !!
२३) वडामा रहेका प्रत्येक जेष्ठ नागरिकको स्वास्थ्य बिमा!!
२४) वडाका सम्पूर्ण जेष्ठ नागरिकलाई प्रत्येक बर्ष तिर्थधाम घुमाउने !!

Leave a Reply

Your email address will not be published.