लेखनाथ, १२ फागुन । कास्कीमा रुपा गाउपालिकाले गण्डकी प्रदेशस्तरिय अध्यक्ष कप २०७५ खुल्ला भलिवल प्रतियोगिता गर्ने भएको छ । आगामी फागुनको २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता गर्न लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
गण्डकी प्रदेश अन्तरगत रहेका ८५ वटा स्थानीय तहहरुले भाग लिन पाउने खुल्ला पुरुष भलिवल प्रतियोगिता संचालन गर्न वडाअध्यक्ष नारायण गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरी तयारीलाई अगाडि बढाईएको रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् ।
रुपा गाउपालिकाको भिरचोकमा हुने प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने र प्रतियोगिता संचालनका लागि करिव ६ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।