रेडक्रसकर्मीद्वारा पुतलीबजार नगर सरसफाइ

Pravin Panday

ByPravin Panday

६ माघ २०७५, आईतवार ०९:०६ ६ माघ २०७५, आईतवार ०९:०६ ६ माघ २०७५, आईतवार ०९:०६

स्याङ्जा, ५ माघ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले शनिवार पुतलीबजार नगर सरसफाई गरेको छ ।

युवा रेडक्रस सर्कलको सकृयतामा बजारमा देखिएका फोहोर मैला ब्यवस्थित गर्न सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा रेडक्रस स्याङ्जा शाखाका सभापति भुवनबहादुर पौडेलले रेडक्रस सोसाइटीले बिभिन्न सामाजिक कार्य गर्दै आएको र यस्ता कार्यक्रमलाई ११ वटै स्थानीय तहमा लैजाने जानकारी दिए ।

सहिदचोकबाट सुरु भएको सरसफाई कार्यक्रम रेडियोचोक, हुलाकरोड, वीपीचोक, अभियानपथ, मालपोतलाइन हुँदै पुनः सहिदचोकमा आएर समापन गरिएको   थियो ।

सरसफाई कार्यक्रममा नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, वडाअध्यक्ष निर्मलकुमार शेरचन, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रसका मन्त्री दिनेश अर्याल, समाजसेवी राजकुमारी गुरुङ, स्याङ्जाबजार उपशाखाका सभापति बन्दना लम्साल, सुरक्षाकर्मी, जुनियर रेडक्रसकर्मीहरु, नवेर्जियन रेडक्रसकर्मी सुस्मिता र गौरीलगायतको सहभागिता थियो ।