रोटरी क्लबको स्वागत

Pravin Panday

ByPravin Panday

४ माघ २०७५, शुक्रबार ०८:५४ ४ माघ २०७५, शुक्रबार ०८:५४ ४ माघ २०७५, शुक्रबार ०८:५४

पोखरा, ३ माघ । पोलियो रोग र जलवायु परिवर्तनबारे सचेतना दिने उद्देश्यले कार र्यालीमा निस्िकएको भारतीय एक टोलीलाई यहाँस्थित विभिन्न रोटरी क्लबले संयुक्त स्वागत गरेका छन् ।

मुम्बईबाट २२ जना सम्मिलित सो टोली २१ दिने र्याली निस्कनेक्रममा यस साता भुटानहुँदै पोखरा आएको हो ।

स्वागत कार्यक्रममा बोल्दै टोली प्रमुख सुवोध जोशीले भ्रमण अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न सफल भएको दाबी गरे। टोली सदस्य रञ्जनी मुलेले पर्यटन प्रवद्र्धनमा कार्यक्रम फलदायी हुने औल्याए।

रोटरी क्लब अफ पोखरा, पोखरा मिडटाउन, अन्नपूर्ण, फिष्टेल, लेखनाथ, लेकसाइड, न्यूरोड लगायत क्लबका पदाधिकारीले सम्मान तथा स्वागत गरेको सो कार्यक्रममा रोटरीका अष्टिटेन्ट गभर्नर रविप्रसाद बराल, रोटरी पोखरा फिष्टेलकी इमिडियट प्रेसिडेन्ट लक्ष्मी गिरी, रोटरी मिडटाउनका पाष्ट प्रेसिडेन्ट केशव आचार्य, रोटरी फिष्टेलका अध्यक्ष बाबुराम पाठक लगायतले रोटरी क्लबका गतिविधिबारे प्रकाश पारेका थिए। भ्रमण टोली ८ हजार किमी दूरी पार गर्दै मुम्बई फकेर्को छ।