पोखरा, ३० फागुन। रोट्याक्ट क्लब लेखनाथले श्रीकृष्ण प्रणामी बाल आश्रम, डाँडाकोनाकलाई स्टेशनरी तथा खाद्यान्न सामग्री सहयोग गरेको छ।
क्लबको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आश्रमका बालबालिकालाई स्टेशनरी तथा खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक विवेक कँडेलले बताए।
आश्रम सञ्चालक कला गुरुङले युवा समेत समाज परिवर्तनमा लागेको र सहयोग गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन्। सो सामग्री खरिदमा व्यवसायी सन्तोष घिमिरेले सहयोग गरेका हुन्।
रोट्याक्ट क्लब अफ लेखनाथका अध्यक्ष सन्दीप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उत्तम श्रेष्ठले गरेका थिए।
क्लबमा ५० जना युवा सदस्य रहेको क्लबका निवर्तमान अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए। क्लबले नेतृत्व विकास लगायतका समाज परिवर्तनका कार्यक्रम गर्दै आएको छ।