रौतहटको गाैरमा समुदायमा मुख्य न्यायधिवक्ता संवाद कार्यक्रम सम्पन्न l

Sonu Kumar Mahato

BySonu Kumar Mahato

२५ असार २०८०, सोमबार १९:५७ २५ असार २०८०, सोमबार १९:५७ २५ असार २०८०, सोमबार १९:५७

राधेश्याम साह ,रौतहट गौर
अषाढ २५ आइतबार

रौतहट सदरमुकाम गौरमा समुदायमा मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रम सम्पन्न भएकाे छ ।
सोमबार दिउँसाे नेपाल बार एशाेसियशन रौतहटको सभाहल गौरमा आयाेजित संवाद कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयले प्रदेश भरिका हरेक जिल्लामा १-१ जना प्रदेश कानून अधिकृत/सहायक अधिकृत नियुक्त गरि असहाय तथा असमर्थ नागरिकलाई नि:शुल्क प्रदान गरिने कानूनी राय सल्लाह, अड्डा अदालतमा गरिने बहस पैरबी, लेखापढी वा कानूनी कारबाहीका सम्बन्धमा उपलब्ध गराउने विभिन्न प्रकारका सेवा सुविधा बारेमा जानकारी गराईएकाे थियाे ।
कानूनी सहायता अधिकृतले असहाय एवं अशक्त सेवाग्राहीकाे बहस पैरबी गर्ने, लिखत तयार पार्ने, परामर्श सेवा प्रदान गर्ने र कारगारमा रहेका थुनुवा वा बन्दीलाई कानूनी सेवा प्रदान गर्ने लगायत सेवा सुविधा नि:शुल्क प्रदान गर्ने मुख्य न्यायाधिवक्ताप्रदान गर्ने मुख्य न्यायाधिवक्ता ठाकुरले दाबी गरे । रौतहटमा यस्ताे सेवा निःशुल्क लिन चाहने सेवाग्राहीले प्रदेश कानुनी सहायता अधिकृत रतिकान्त झा सग सम्पर्कमा त्यस्ता सुविधाहरू दिनेछ भन्नुभयो। त्यस्ता निशुल्क सेवा लिन चाहनाले ९८६३१९९३५९मा सम्पर्क गर्न सकिने समेत कार्यक्रममा जानकारी गराईएकाे छ ।

संघियता स्थापना भएकाे छैठाैं वर्षमा आएर मात्र बल्ल प्रदेश सरकारकाे तर्फबाट कानूनी सहायताका बारेमा जिल्ला स्तरमा अभिमुखिकरण गराउने काम गरेकामा धन्यवाद प्रकट सहित व्यंग्य समेत गरे । महिला अधिकारकर्मी गीता कुशवाहाले यस्ताे सेवा सुविधाका बारेमा पालिका लेवलमा प्रचार प्रसार गर्दै न्यायिक समिति लगायत पालिकाका अन्य विभिन्न सराेकारवालाहरुलाई समेत सुसूचित गराईनु पर्ने खाँचाे रहेकाे औंल्याईन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पानसमा बत्ति बालेर उद्घाटन गरिएकाे संवाद कार्यक्रममा जिल्ला न्यायाधिश मातृकाप्रसाद मरासिनी , जिल्ला समन्वय समिति रौतहटका सभापति श्री रामायोध्या राय यादव , उच्च अदालतका पुर्व न्यायाधीश वरिष्ठ अधिवक्ता मो. साबिर हुसेन, जिल्ला सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायधिवक्ता श्री बदरी कुमार कार्की नेपाल बार एसोसिएसन रौतहटको अध्यक्ष नन्दकिशोर साह , त्यस्तै सोही बारको सदस्य सुरेश तिवारी, बार सचिव रमेशकुमार यादव ,मौलापुर नगरपालिकाका मेयर रिना साह, दुर्गाभगवती गाउँपालिकाका उप-मेयर शिला देवी ,पत्रकार महासघ शाखा रौतहटको अध्यक्ष प्रेमचन्द्र झा, अनलाइन इ खबरको सवंदाता सोनु कुमार महतो, नन्दभुशन श्रीबास्तव, राष्ट्रिय साहरा दैनिकका रौतहट सवंदाता राधेश्याम साह लगायतकाे उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published.