रौतहटका नेकपा नेता शेख  जेल चलान

Pravin Panday

ByPravin Panday

२४ भाद्र २०७६, मंगलवार १३:२५ २४ भाद्र २०७६, मंगलवार १३:२५ २४ भाद्र २०७६, मंगलवार १३:२५

रौटहटका नेकपा नेता शेखसहितकाले २०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोशी नदीमा फालेकी खातुनलाई दाउरा खोज्न गएका स्थानीयले जिउँदै उद्धार गरेका थिए ।

रौतहटकी एक महिलालाई जिउँदै बोरामा बाँधेर कोशी नदीमा फालेको घटनाका अभियुक्त पूर्पक्षका लागि जेल चलान भएका छन् ।

रौतहटको गरुडा नगरपालिका–८ की बकरिल खातुनलाई २८ वर्षअघि जिउँदै बोराभित्र राखी बाँधेर सप्तरीको रम्पुरा मल्हनियाँबाट कोशी नदीमा फालेको घटनाका अभियुक्त शेख कमिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।

जेल चलान भएका शेख नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रौतहटका नेता हुन् । उनी स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । हाल उनी नेकपाको साधारण सदस्य हुन् ।

शेखसहितकाले खातुनलाई कोशीमा फालेको भन्दै उनीविरुद्ध मुद्धा दायर भएको थियो । २०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोशी नदीमा फालिएका खातुनलाई भने दाउरा खोज्न गएका स्थानीयले जिउँदै उद्धार गरेका थिए ।

Leave a Reply

Your email address will not be published.