१० असार २०७८, बिहीबार १८:३८ १० असार २०७८, बिहीबार १८:३८ १० असार २०७८, बिहीबार १८:३८
राधेश्याम साह,रौतहट
वि.स.१९९० साल मा स्थापना भएको र रौतहट गौर कारागारमा क्षमता भन्दा बढी कैदी वन्दी हुँदा व्यवस्थापन र कैदीहरुको जिवन सुरक्षा समेतमा समस्या श्रृजना भएको छ । स्थापनाकाल देखि २०७६ साल सम्म जम्मा ७५ वटा कैदी क्षमता व्यवस्था रहेको थियो । वितेको २०७६ साल देखि २०७८ साल बैशाख महिना सम्ममा कैदीहरुको सख्या बढे पछि मात्र ४० वटा कैदी बन्दी राख्ने क्षमता थप गरी हाल सम्म जम्मा ११५ वटा कैदी बन्दी राख्ने क्षमता व्यवस्था रहेकोमा जवकी कैदी वन्दी राख्ने क्षमता भन्दा ३ गुणा भन्दा पनि बढी हाल ३६७ जना कैदी वन्दी हुँदा थप समस्या भोग्नु परेको कुरा कारागारवाट कैद भुक्तान गरी वन्दीवाट मुुक्त भएको गिता देवीले भनेकी छ । गौर कारागारका जेलर शम्भु प्रसाद यादवले कारागारको अवस्था जिर्ण भई सकेकोले वर्षायाममा कैदी वन्दीहरुलाई सुत्ने बस्ने ठाउँ समेतमा पानी जम्ने गरेकोमा कैदी बन्दीहरुको दिनहुु नित्याकर्म गर्न समेत को जिवनयापन गर्न धेरै दुःख खेप्नु परेकोमा कारागार पुनः निर्माण र व्यवस्थापन सुधार हुनुु पर्ने अवस्था भएको कुराको जानकारी दिनु भयो । उक्त कारगारको क्षेत्रफल ०–१०–० (दश कट्टा) रहेको भए पनि सो जग्गाको चारै तर्फवाट इटको दिवालले घेरीएको जग्गाको चारै तर्फ खाली जग्गा छोडी विच मै चार कोठा तल र चार कोठा माथी र तेश्रो तल्लाको टिनको चादर हाली जम्मा ११ कोठामा जम्मा ३६७ जना कैदीवन्दीहरु रहेको कारागारमा निजको जिवन यापन कस्तो होला भन्ने कुरामा सम्बन्धीत स्थानिय निकाय, राष्ट्रमानव अधिकार आयोग लगायतले मौन रहेकोमा कैदी बन्दीहरुको न्युनतम मानविय सुविधाहरु उपलब्ध नभएको अवस्थामा यिनीहरुको लागि मानव अधिकार नै नरहेको जस्तो धेरै जसो कैदीहरुको गुनासो रहेकोछ । कुनै पनि देशको अदालतले कानून बमोजिम सजाय गरी सोही व्यक्तिलाई र अन्य सम्भावित व्यक्तिलाई हतोसाहीत गर्न कानूनको तर्जुमा ल्याउन र त्यस्तो कसुरदार मानिसहरुलाई कैद सजाय भुक्तान गर्न कानून को परिपाल्नाहेतु कैदीहरुले अदालतको फैसला, आदेश शिरोधार्य आत्मसाथ गरी आफुलाई कसुरदार मानी कैद सजाय भुक्तान गर्न वन्दी जिवन विताउनका लागि कारागारमा बस्दा निजको बसाईको न्युनतम आधारहरु पनि नपुगी रहेको अवस्थामा निजहरुको जिवनसंग निर्मम अमानविय र अपमानजनक व्यवहार भएको अवगत हुन्छ । कैदीवन्दीहरु कारागारमा रहदा निजहरुको जिवनसंग खेलवाड भएको पुष्टी भएमा त्यस्तो पिडित व्यक्तिहरुलाई कानून बमोजिम क्षतिपुर्ती पाउने हकवाट पनि वन्चित गरिएमा के न्यायोचित हुुन्छ रु कारागार गौर तथा सो कार्यालयमा रहेका कैदी बन्दीहरुको लागि आवश्यक सम्पुर्ण सुविधावाट वन्चित नहुने गरी कारागारको नयाँ व्यवस्थापन र कैदीवन्दीहरुको जिवन स्वास्थ्य सुुरक्षा लगायत आवश्यक सुधारको लागि चाल्नु पर्ने कदमहरु वारे व्यस्थापिका संसदको समाजिक न्याय तथा राष्ट्रियमानव अधिकार आयोग लगायत सम्बन्धित निकाय समेतलाई जिम्मेवारीको वोधवाट ध्यानाकर्षण गरिन्छ ।