लमजुङ–पोखरा सम्पर्क समितिको रक्तदान

Pravin Panday

ByPravin Panday

२७ फाल्गुन २०७५, सोमबार ०८:५९ २७ फाल्गुन २०७५, सोमबार ०८:५९ २७ फाल्गुन २०७५, सोमबार ०८:५९

पोखरा, २६ फागुन। लमजुङ–पोखराको सम्पर्क समितिले रजत जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ३७ युनिट रगत संकलन भएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी तोयबहादुर भट्टराईले सामाजिक कार्यमा लमजुङ–पोखराको सम्पर्क समितिको योगदान स्तुत्य रहेको बताए।

अतिथि भट्टराईले निकट भविष्यमा नै रोटरी क्लब अफ पोखरा अन्नपूर्णको पहलमा पोखरामा विशेष ब्लड डोनेशन बस सञ्चालनगरिने पनि बताए।

अध्यक्षको आसनबाट बोल्दैलमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष चम्पादेवी रानाभाटले हरेक सामाजिक संस्थाका गतिविधिमा सबैको साथ र सहयोगले संस्थाको गरिमा उचो हुने बताइन्।

संस्थाका प्रथम उपाध्यक्ष विपिन अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजसेवी शिवप्रसाद रिमाल संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार, भूपनिधि पन्त, विश्वलाल श्रेष्ठ, गजेन्द्रमान श्रेष्ठ, सूर्य बराल, कल्याण पन्त, दीपकराज घिमिरे, भुपाल कुवँर, गोपालप्रसाद सेढाई, काशीमाया गुरुङले बोलेका थिए। ईश्वर चिलुवालको संयोजकत्व र लीलाबहादुर गुरुङको सह–संयोजकत्वमा तय भएकोकार्यक्रम लमजुङ–पोखरा सम्र्पक समिति तथा लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लि.को सयुक्त आयोजनामा सम्पन्न भएको थियो।

पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार कार्यालय पोखराले प्राविधिक सहयोग र समन्वय गरेको थियो।

The website will transfer your funds

It is easy to understand how much

However, a few features are quite common and online casinos with paypal should be part of every mobile gaming site.

fun it is to place these bets, especially since there is no wagering requirement for the bonus.

to your bank account when you deposit money on one of the top sites.