पोखरा, २५ फागुन । लायन्स क्लब अफ लेखनाथ गाडेर्न सिटीको आयोजनामा शनिवार रुपा गाउँपालिकाको वडा ६, भीरचोकमा आयोजित बृहत् स्वास्थ्य शिविरमा तीन सय १५ जनाले स्वास्थ्य जाँच गरेका छन्।
पाँच जना वरिष्ठ चिकित्सक सहित २४ जनाको स्वास्थ्यकर्मी सहितको टोलीले रुपा गाउँपालिकाका विभिन्न वडाबाट आएका वासिन्दाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको क्लब अध्यक्ष नवराज सापकोटाले जानकारी दिए।
बालरोग, हाडजोर्नी, जनरल फिजिसियन, प्रसूति रोग विषेशज्ञ डा सन्तोष बानियाँ, डा विजय रानाभाट, डा पुरुषोत्तम पराजुली, डा चन्दन गुप्ता र डा रञ्जित यादवले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा झण्डै पाँच लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको क्लबका द्वितीय उपाध्यक्ष एवं स्वास्थ्य शिविरका संयोजक बालकृष्ण लामिछानेले जानकारी दिए। उनले स्वास्थ्य शिविरमा निःशुल्क वितरण गरेर बाँकी रहेको औषधि रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा मार्फत रुपाकोट स्वास्थ्य चौकीका प्रमुख देवीचन्द्र थापालाई हस्तान्तरण गरेको बताए।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि १ का रिजन चियरपर्सन माधव पौडेलले शिविर उद्घाटन गर्दै क्लबका सदस्यले पकेट खर्च कटाएर विकट क्षेत्रमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको बताए। उनले लायन्स क्लब अफ लेखनाथ गाडेर्न सिटीले लेखनाथ क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत रुपा गाउँपालिकाका नागरिकमा स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै प्रशंसा गरे।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले राज्यले मात्र सबै नागरिकको सेवामा पहँुच पुर्याउन नसक्ने उल्लेख गर्दै विभिन्न संघसंस्थाको सहकार्य हुनुपर्नेमा जोड दिए।
क्लब अध्यक्ष नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिका वडा ६ का अध्यक्ष नारायण गुरुङ, डा सन्तोष बानियाँ, धु्रवतारा क्लबका अध्यक्ष प्रेमकुमार खड्का, सचिव मोहम्मद मियाँ, क्लबका द्वितीय उपाध्यक्ष एवं स्वास्थ्य शिविरका संयोजक बालकृष्ण लामिछाने, क्लबका संस्थापक अध्यक्ष भरतकुमार अधिकारी, लायन्स क्लब अफ पोखरा सेन्ट्रल चौतारीका अध्यक्ष विशाल सुवेदी, सदस्य नारायण पराजुली लगायतले बोलेका थिए।