लेखनाथ सहकारीको सरसफाई

Pravin Panday

ByPravin Panday

२८ माघ २०७५, सोमबार १२:४२ २८ माघ २०७५, सोमबार १२:४२ २८ माघ २०७५, सोमबार १२:४२

लेखनाथ, २७ माघ । पोखरा –२६ अघौर्चोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाले आइतवार ११ औं स्थापना दिवस तथा १० औं बार्षिकोत्सव मनाएको छ ।

सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न चोक तथा मठ मन्दिरमा सरसफाई बारे जनचेतना फैलाउने उद्देश्यले डसवीन  वितरण र अघौर्चोक वरपर सरसफाई गरेको हो ।

कार्यक्रममा बोल्दै पोखरा बृहत सरसफाई अभियानका अभियन्ता रामवहादुर पौडेलले आफनो कारणबाट निस्िकएको फोहोरलाई स्वयं आफैले ब्यवस्थापन गर्नुपर्ने वताउँदै देशमा राज्यसत्ता नै परिवर्तन भइसकेकाले अव हामीले उही पुरानो शैलीमा काम नगरी सामाजिक क्षेत्रका लागि असल नागरिकको परिचय दिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं २६ का वडाअध्यक्ष नारायणप्रसाद वराल, वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, राइजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ, संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद वस्तोकोटी र ओम डेभलपमेण्ट बैक अर्घौ शाखाका शाखा प्रमुख रसवीन्द्र अधिकारीले आफ्नो धारण राखेका थिए ।

संस्थाका सचिव लेखनाथ सापकोटाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरिवहादुर जिसीले गरेका थिए भने धन्यवाद संयोजक शिवप्रसाद भण्डारीले दिएका थिए ।