वडाध्यक्ष कुमाल कारागार चलान

Pravin Panday

ByPravin Panday

२९ माघ २०७५, मंगलवार ११:०९ २९ माघ २०७५, मंगलवार ११:०९ २९ माघ २०७५, मंगलवार ११:०९


दमौली, २९ माघ । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।

युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा गत वैशाख २५ गते ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्दै नवलपुर प्रहरीमा उजुरी परेको थियो ।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उनले वताए ।