रौतहट । सोनु कुमार महतो
गौर नगरपालिका वडा नं.५ का वासीको चाहना, भावना अनुसार सम्मान गर्न ढृड संकल्प वोकेका सफल, दक्ष, सवल, लोकतन्त्र र संघियताको सम्मान गर्ने राष्ट्रहितकारी, कर्मठ, ईमन्दार, विकासप्रेमी युवा नेता विवेक यादवले गौर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
यादवले आफनो घोषणा पत्रमाः स्थानीय तहका निर्वाचनमा वडा अध्यक्ष पदको उमेदवारी दिने घोषगा गर्दै वहाँले तल दिएको वुन्दाहरु प्रतिबद्धतामा गौर नगरपालिका वडा नं.५ मा आफू वाड अध्यक्ष पदमा निर्वाचित भए, नेपाल सरकारले वडाका अध्यक्षलाई दिने सुविधाः– तलब, भत्ता, सेवा, सुविधा, लागयतको सुविधाहरु नलिई वडाको अध्यक्ष नभई वडा को सेवकको रुपमा काम गर्ने अवधारणा प्रतिवद्धता जाहेर गरेको छ ।
त्यस्तै सार्वजनिक गरेको अवधारणा प्रतिबद्धता निम्न वुँदाहरुमा उल्लेख गरी सार्वजनिक गरेको छ ।
१.म तलव , भत्ता , सेवा , सुबिधा , सुरक्षा केही लिने छैन । म निस्वार्थ रुपमा निशुल्क काम गर्ने छु ।
२. म कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने छु ।
३. म पाच बर्षको अवधीभर पैसा कमाउने कुनै पनि ब्यवसाय वा जागिरमा जोडिने छैन ।
४.म आफुलाई वडाका पिता नभएर वडाका सेवकको रुपमा प्रस्तुत हुनेछु ।
५. वडा भित्रका खाजा , ईन्धन लगायतका भौतिक सुबिधाका सबै अतिरिक्त खर्चहरुको कटौटी हुने छ ।
६. प्रत्येक महिनाको अन्त्यमा वडाको सबै खर्चहरु पारदर्शी रुपमा सार्वजनिक गरिने छ ।
७. वडा भित्र पावर, पहुच, बल र पैसाका आधारमा नभएर नियम कानुन र सिस्ट्मका आधारमा काम गर्ने पद्द्तीको बिकास हुने छ ।
८.वडामा हुने अधिकांश कामहरु डिजिट्ल माध्यमबाट हुने छन ।
९. वडाका भित्रका अति बिपन्न परिवारलाई निशुल्क पानी र बिजुलीको ब्यवस्था हुने छ । निशुल्क खपत गर्न पाउने युनिट तोकिने छ ) ।
१०.वडाका भित्र स्वास्थ्य बिमाको अवधारणा ल्याउने छु ।
११. पाच बर्ष भित्र वडा भित्रका सबै बाटोहरु ढलान हुने छन ।
१२ वडाका भित्रका अति बिपन्न बिद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा दिईने छ ।
१३ वडाका सम्पूर्ण जेष्ठ नागरिकलाई प्रत्येक बर्ष तिर्थधाम घुमाउने छ ।
१४.बिदेश जान चाहने सबैलाई निशुल्क सिप बिकासको तालिम दिईने छ ।
१५.वडा भित्रै केही गर्न चाहनेहरुका लागि ३ बर्षका लागि ब्याज बिना १ लाख सम्मको ऋण उपलब्ध गराईने छ ।
१६.वडा भित्र हुने साना ठुला सबै ब्यवसायहरुलाई करको दायरामा ल्याईने छ ।
१७.English स्कुल हरू सन्चालन गराउने छु ।
१८. ६० बर्ष पुरा गरेका वृद्ध आमा बुवा हरू लाई निशुल्क उपचार को व्यवस्था मिलाउने छु ।
१९.वडामा Ambulance सेवा पुर्याउने छु रAmbulance को खर्च निशुल्क हुनेछ ।
२०.वडा भित्र रहेका युवालाई रोजगारीका लागि सिप मूलक तालिमहरु दिने पहल गर्ने छ ।
२१ पहिलो वर्षमा नै वडा भित्र निशुल्क WIFI को व्यवस्था गरिने छ ।