वाणिज्य संघको नयाँ प्रविधिबारे तालिम

Pravin Panday

ByPravin Panday

२ फाल्गुन २०७५, बिहीबार ११:२५ २ फाल्गुन २०७५, बिहीबार ११:२५ २ फाल्गुन २०७५, बिहीबार ११:२५

पोखरा, १ फागुन। पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सव अवसरमा आयोजना गरेको व्यवसाय व्यवस्थापन विषयक तालिम बुधबार सम्पन्न भएको छ।

पाँच दिनसम्म चलेको तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगमा केन्द्रित थियो।

समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम तथा संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले तालिमलाई व्यवसाय बिस्तारमा लगाउन आग्रह गरे।

‘सामान उही भए पनि त्यसलाई तलमाथि गरेर सजावट परिवर्तन गर्दा ग्राहक आकर्षित हुन्छन्,’ संघका कावा अध्यक्ष कोइरालाले भने।

संघ महासचिव अर्जुन पोखरेलको संचालन रहेको समापन कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र प्रशिक्षक रामप्रसाद त्रिपाठीले पनि सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका प्रमुख समेत रहेका तालिम प्रशिक्षक रामप्रसाद तिवारीले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे।

संघ कोषाध्यक्ष तथा तालिम व्यवस्थापन उपसमिति संयोजक चिनु गुरुङले आउँदा दिनहरुमा पनि यस्ता तालिम आयोजना गरिने बताइन्।

कार्यक्रममा प्रशिक्षार्थी उमा लामिछाने र जगदीश लामिछानेले आफूहरुलाई लेखालगायतका थप तालिमको व्यवस्था गर्न आग्रह गरे।