काठमाण्डौ, २६ फागुन । विप्लवलाई राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीले रामवहादुर थापाले सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
कुनै बेलाका आफ्नै सहयात्री नेत्रविक्रम चन्द विप्लवलाई गृहमन्त्री रामबहादुर थापाले राजनीतिक व्यवहार नगर्न सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री थापाले संविधान र कानून नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए । ‘राजनीति गर्ने हो भने जनअभिमतबाट आउनुपर्छ, संविधान पनि मान्नुपर्छ, गृहमन्त्रीले भने —कानूनविपरीत जाने जोकोहीलाई कडा कारबाही हुन्छ ।