वेष्ट फाइनान्सद्वारा पुस्तकालयलाई सहयोग

Pravin Panday

ByPravin Panday

२९ माघ २०७५, मंगलवार ११:१६ २९ माघ २०७५, मंगलवार ११:१६ २९ माघ २०७५, मंगलवार ११:१६

पोखरा, २८ माघ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लि.ले टोखा–८ स्थित जलपा पुस्तकालयका लागि बालसाहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तक सहयोग गरेको छ।

उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।

स्थानीय बालबालिकाहरुका लागि ज्ञानबद्र्धक, बाल मनोरञ्जन तथा वृद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस्तक सहयोग गरिएको फाइनान्स  प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।