व्यावसायिक प्याराग्लाइडिङमा रोक

Pravin Panday

ByPravin Panday

२४ फाल्गुन २०७५, शुक्रबार १०:२८ २४ फाल्गुन २०७५, शुक्रबार १०:२८ २४ फाल्गुन २०७५, शुक्रबार १०:२८

लमजुङ, २३ फागुन। लमजुङमा व्यावसायिक प्याराग्लाइडिङ उडान कार्य प्रशासनको हस्तक्षेपपछि रद्ध भएको छ।

प्याराग्लाइडिङ उडानलाई जिल्लामा जारी छैटौं लमजुङ महोत्सवको महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको भए पनि २ उडानमात्र उडान सम्भव भएको छ।

वेशीसहरस्थित ब्रदर्श अन्नपूर्ण टुर एन्ड ट्राभल्सले पोखराबाट पाइलट झिकाएर गरेको परीक्षण उडान सफल भएपछि व्यावसायिक रूपमा उडान थाल्न ट्राभल्सलाई जिल्ला दिइएको थियो।

पोखराबाट ५ जना संयुक्त उडान भर्ने पाइलट ल्याएर व्यावसायिक उडान थालिएको थियो। फागुन १९ देखि २९ सम्म चल्ने लमजुङ महोत्सवको पाँच दिन बितिसक्दा मात्र २ उडान भएका हुन्।

लमजुङ महोत्सव हुने भएपछि दुई महिना अघि परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि व्यावसायिक रूपमा उडान भर्न शुरु गर्ने महोत्सवको मुल उद्देश्यमध्ये एक रहेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एवम् लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए। उनका अनुसार वेशीसहरा– ६, मकैडाँडाको पोखरीडाँडाबाट उडान भर्ने र मस्र्याङ्दी नदी पारी रहेको वेशीशहर नगरपालिका–१० स्थित बाँझाखेतको भोटेफाँटमा अवतरण गर्ने गरिएको छ। ४५ मिनेटका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ।

‘दैनिक १२/१५ जनाले नाम दर्ता गर्नुभएको थियो, महोत्सवका बेलामा यस्ता उडान सबै ठाउँमा हुने गर्दछन्, संघका अध्यक्ष थापाले भने। उनका अनुसार प्रजिअलाई अनुमति छैन भन्ने पहिले नै थाहा थियो तर हिजो आएर एकाएक नचलाउनु भन्ने प्रशासनबाट आदेश आयो।

यसबारेमा प्रजिअ झंकनाथ ढकालले भने, ‘लमजुङ अलिक जोखिमयुक्त छ।

यहाँ विद्युत्को तीन थरी प्रशारण लाइन छन्, दुर्घटना भएमा त्यसको जवाफ कस्ले दिने? अनुमति लिएर चलाउनुस् भनेको हो, रोकेको होइन।’

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले व्यावसायिक प्रवद्र्धनका लागि केही गरौँ भन्ने सोचमा प्रशासनले रोक लगाएको आरोप लगाए।

महोत्सव उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए।