व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : मन्त्री चुमान

Pravin Panday

ByPravin Panday

३ माघ २०७५, बिहीबार १०:०७ ३ माघ २०७५, बिहीबार १०:०७ ३ माघ २०७५, बिहीबार १०:०७

खैरेनीटार, २ माघ। सरस्वती नमूना माध्यमिक विद्यालय, शुक्लागण्डकीको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बुधबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले वर्तमान शिक्षा नीतिमा आमूल परिवर्तन जरुरी रहेको बताए। उनले व्यावसायिक र प्राविधिक शिक्षामा समेत जोड दिए।

मन्त्री चुमानले मेहनत गरेर बनाइएका सामुदायिक विद्यालयहरु ठाँटी र कसैको कमाइखाने भाँडो नभई सार्वजनिक नै रहनुपनेर्मा जोड दिए।

यस्तै, ११ ओटा विश्वविद्यालयभन्दा भिन्न तरिकाले गण्डकी विश्वविद्यालय चलाउन खोजिएको जानकारी गराए।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङले देशमा परिवर्तन आए पनि जनताले चाहे अनुसारको हुन नसकेको बताए। उनले हाम्रो शिक्षाले बेरोजगार उत्पादन गरेकोले यसलाई विस्तारै हटाउँदै लैजानुपनेर्मा जोड दिए।

कार्यक्रममा गण्डकी प्रदेशकी सदस्य आशा कोइराला, शुक्लागण्डकी वडा ६ का अध्यक्ष कृष्णबहादुर पौडेल, वडा ७ का अध्यक्ष रामबहादुर क्षेत्री थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र उपाध्याय, नेपाली काँंग्रेस शुक्लागण्डकी नगर उपसभापति केशवराज पौडेल, विद्यालयका सल्लाहकार वीरेन्द्रकुमार श्रेष्ठ, खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थ, विद्यार्थी दीपा अमगाई लगायतले बोलेका थिए।

विद्यालयका प्रधानाध्यापक सोमनारायण श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा विद्यार्थीले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

उत्कृट शिक्षकलाई सम्मान गरिएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदार तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक नन्दकुमारी बराल तिम्सिना र सञ्चालन शिक्षक दिनेश गौतमले गरेका थिए।