शान्तिमार्गमा ओमद्वारा डस्टबिन सहयोग

Pravin Panday

ByPravin Panday

१४ माघ २०७५, सोमबार १०:०३ १४ माघ २०७५, सोमबार १०:०३ १४ माघ २०७५, सोमबार १०:०३

पोखरा, १३ माघ। ओम डेभलपमेण्ट बैंकले पोखरा–२६, विजयपुरस्थित शान्तिमार्ग टोलमा सफा र सुन्दर टोल बनाउने अभियानस्वरुप २५ थान डस्टबिन सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले शान्तिमार्ग टोल विकास संस्थाका अध्यक्ष डेटप्रसाद पनेरुलाई सो डस्टबिन हस्तान्तरण गरे।

कार्यक्रममा संस्थाका सचिव सूर्यप्रसाद सुवेदी, सल्लाहकार राजेन्द्र अधिकारी, ईन्द्रप्रसाद सुवेदी र रेवती अधिकारीले आफ्नो टोल सफा र सुन्दर राख्न टोलवासीको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्नो घर वरपर आफैले सफा राख्न सके फोहोरबाट हुने हानीबाट बच्न सकिने बताए ।