‘शिक्षामा सबैको पहुँच’

Pravin Panday

ByPravin Panday

७ माघ २०७५, सोमबार ०८:०७ ७ माघ २०७५, सोमबार ०८:०७ ७ माघ २०७५, सोमबार ०८:०७

स्याङ्जा, ६ माघ । सामाजिक बिकास मन्त्री नरदेवी पुनले शिक्षामा सवैको पहुँच पुग्नुपर्ने बताएकी छिन् ।

स्याङजाको विरुवा गाउँपालिका–२, मोचाबारीस्थित जामुनेडाँडा माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा वागवानी विज्ञान सन्चालनार्थ सहयोगका लागि आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पुनले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि महायज्ञ गर्नु आफैमा महत्वपूर्ण रहेको बताउँदै शिक्षाको पहुँच सबै ठाउँमा पुग्नुपर्ने बताइन् ।

शिक्षामा अझैपनि समानता हुन नसकेको बताउँदै मन्त्री पुनले समान शिक्षा नै अहिलेको आवश्यकता र पहुँच नपुगेको ठाउँमा प्राविधिक शिक्षा प्रदान गर्न सरकार लागि रहँदा यस्ता कार्यक्रमले सरकारको कदमलाई थप टेवा पुग्ने उनको भनाई  थियो। मन्त्री पुनले जनताका छोराछोरीलाई प्राविधिक शिक्षा अहिलेको युगमा अति आवश्यक रहेको बताइन्। शिक्षा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको विकासका लागि महायज्ञमा प्रवचन दिएर विद्यालयलाई माथि उठाउन सहयोग गर्ने प्रवचनकर्तासमेतलाई पुनले धन्यवाद व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published.