शिवरात्रीको अवसरमा क्लबद्वारा सरसफाई

Pravin Panday

ByPravin Panday

२० फाल्गुन २०७५, सोमबार ०९:४७ २० फाल्गुन २०७५, सोमबार ०९:४७ २० फाल्गुन २०७५, सोमबार ०९:४७

लेखनाथ, १९ फागुन। महाशिवरात्रीको अवसरमा पारेर रूपा गाउँपालिका–५ को दोभान क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

सरसफाई कार्यक्रमको शुभारम्भ रूपा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टेकवहादुर गुरुङ्गले गरेका हुन्।

यस्ता कार्य उदाहरणीय र प्रशंसनीय रहेको बताउादै उनले आगामी दिनहरूमा पनि निरन्तरता दिन आग्रह गरे।

क्लबका अध्यक्ष दीपक अधिकारीले फोहोर संवेदशील वस्तु भएकाले समाजकै ईज्जतसंग जोडिएको हुँदा सबै यूवा सरसफाईमा जुटनु पर्नेमा जोड दिए।

चटपट, बिष्कुट, चाउचाउ, गुटका तथा सूर्तीजन्य पदार्थको प्लास्टिकजन्य फोहोरलाई निराकरण तथा समाधानका लागि क्लबले ब्यवसायी तथा बुद्धिजीवीको सहयोगमा टोल एवं बाटोमा डस्वीनको व्यवस्था गरेको जानकारी दिइएको छ।

सरसफाई कार्यमा फेदीटोल विकास संस्था, बेत्यनी टोल विकास संस्था, फेदी नेवा सांस्कृतिक गुठी, दोभान आमा समूह, एकान्तकुना आमा समूह, कालिका एकता आमा समूह, गाउँविकास कृषि सहकारी संस्था को सहभागीता थियो।

Leave a Reply

Your email address will not be published.