खैरेनीटार, २२ फागुन। शुक्लागण्डकी नगर कार्यपालिकाको कार्यालय वातावरण शाखाको आयोजना तथा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को समन्वयमा वडा सभाहल खैरेनीटार तनहुँमा शुक्लागण्डकी नगरपालिका पूर्ण सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले हरेक व्यक्तिमा सरसफाईको चेतना हुनुपर्ने वताए। उनले फोहरबाट आम्दानी गर्न सकिने समेत जनाए।
कार्यक्रममा शुक्लागण्डकी नगरकार्यपालिका सदस्य एवं प्रबक्ता खिमबहादुर कुमालले फोहरमैला फाल्ने भन्दा व्यवस्थापन गर्नुपनेर्मा जोड दिए। कार्यक्रममा नेकपाका सोत्रबहादुर कुमाल, खैरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरे, खैरेनीटार बजार ईकाईका सभापति पूर्णबहादुर कायस्थ, नेपाली कांग्रेसका पिताम्बर तिम्सिना, राष्ट्रिय जनमुक्ति पार्टीका हरिराम रानालगायतले वोलेका थिए।
खैरेनीटार साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामचन्द्र उपाध्याय र शुक्लागण्डकी नगरपालिका वातावरण शाखा प्रमुख राजेन्द्रप्रसाद सोतीले प्रशिक्षण दिएको कार्यक्रममा बिभिन्न टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, पत्रकार, स्थानीय सरोकारवालालगायतको उपस्थिति रहेको थियो।
शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रमा वडा सदस्य बुद्धिबहादुर थापाले स्वागत र कल्पना पौडेलले सञ्चालन गरेकी थिइन्।