सदस्यता नपाएको भन्दै पत्रकार महासंघ रौतहट शाखामा ताला

Sonu Kumar Mahato

BySonu Kumar Mahato

८ असार २०८०, शुक्रबार १९:१६ ८ असार २०८०, शुक्रबार १९:१६ ८ असार २०८०, शुक्रबार १९:१६

रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ ।  केही महिनाअघि नयाँ सदस्यताका लागि आह्वान गरेको भए पनि सदस्यताका लागि महासंघले माग गरेको आवश्यक पर्ने सम्पूर्ण कागजपत्र दिएको भए पनि सदस्यताबाट बन्चित गरिएको भन्दै कृयाशील पत्रकारहरुले तालाबन्दी गरिदिएका हुन। ।
महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले कृयाशील भन्दा पनि नातावाद अनुसार नयाँ सदस्यता थपेको आरोप कृयाशील पत्रकारहरुले लगाएको छ । 
वर्षौँदेखि निरन्तर समाचार लेखनमा सकृय रहेकालाई पाखा लगाउँदै शुद्धीकरणको नाममा कतिको सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ ।
नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानुनबमोजिम नभई मनलाग्दी ढंगमा सदस्यता वितरण गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको पत्रकार साहले वताएका छन् ।

महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published.