सप्तकोशीमा पानीको वहाब बढ्यो, सतर्क रहन आग्रह

Pravin Panday

ByPravin Panday

३१ भाद्र २०७६, मंगलवार १३:०३ ३१ भाद्र २०७६, मंगलवार १३:०३ ३१ भाद्र २०७६, मंगलवार १३:०३

काठमाण्डौं : सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

बिहीबारसम्म देशभर मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ। हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेने भएकाले मौसममा बदली हुने र देशका केही भागमा भारी वर्षा हुनेसमेत माहाशाखाले जनाएको छ। माहाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ुदेशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जनरचट्टयाङ सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमि भू(भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।ु

Leave a Reply

Your email address will not be published.