सरकार र ग्यास व्यवसायीबीच सहमतिको पहल

Pravin Panday

ByPravin Panday

२२ फाल्गुन २०७५, बुधबार ०९:३३ २२ फाल्गुन २०७५, बुधबार ०९:३३ २२ फाल्गुन २०७५, बुधबार ०९:३३

काठमाडौँ, २१ फागुन। सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ। ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी निकायसँग अनौपचारिक वार्तामा निकास निकाल्ने तयारी भएको हो।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सो विषयमा चाँडै सहमति हुने अपेक्षा लिइएको बताए। निगमले भारतबाट खाना पकाउने ग्यास आयात निरन्तररूपमा भइरहेकाले बजारमा अभाव नरहने जनाएको छ। निगमले स्वचालित मूल्य प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ।

उद्योगीले ग्यासको पिडिओ खरीद गर्न बन्द गरेसँगै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेको अनुगमनमा पाइएको छ। बजारमा पर्याप्त ग्यास हुँदाहुँदै बिक्रेताले उद्योगबाट नआएको भन्दै बिक्री बन्द गरेका छन्। वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागको अनुगमनले पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीब्र पारेको छ।

Leave a Reply

Your email address will not be published.