सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।

बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात ८७.१० : १२.९० हुने गरी मिलान गर्ने र यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने निर्णय गरेको हो।

सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ।

त्यस्तै सभाले आ.व.२०७६।७७ सम्मको मुनाफावाट हालको चुक्ता पुंजी को १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६% नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

 

Leave a Reply

Your email address will not be published.