सहकारी व्यवस्थापनमा योजना र कार्यदिशा तालिम

Pravin Panday

ByPravin Panday

१९ फाल्गुन २०७५, आईतवार १८:३४ १९ फाल्गुन २०७५, आईतवार १८:३४ १९ फाल्गुन २०७५, आईतवार १८:३४


पोखरा १९, फागुन। सहकारी व्यवस्थापनमा सफलताको योजना र आगामी कार्यदिशासम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ।

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो।

प्रमुख अतिथि नेफ्स्कुन सञ्चालक भीम गुरुङले रणनीतिक योजना बनाएर अगाडि बढेमात्र सहकारी सञ्चालनमा सफल भइने बताए।

उनले सहकारी संस्था ठूलो बनाउनुभन्दा गुणात्मक रुपमा कसरी सफल र सेवामुखी बनाउने भन्ने विषय सोच्नु आवश्यक रहेको बताए। उनले भने, ‘सहकारी अभियान सफल हुँदै गएको छ। सरकारले कर छुट गरिदिएको छ। संख्यात्मक रुपमा घटाएर गुणात्मक सहकारी बनाउने अबको अभियान रहनेछ ।’

प्रशिक्षक नेफ्स्कुन प्रमुख कार्यकारी अधिृकत शिवजी सापकोटाले सहकारीका प्रमुख समाज, सदस्य र सञ्चालकको पुल भएर काम गर्नुपर्ने बताए। उनले समय अनुसार आफूलाई परिवर्तन गर्न सकिएन भने संस्था सफल बनाउन नसकिने उल्लेख गरे ।
अध्यक्षको आसनबाट कोअपरेटिभ म्यानेजर्स क्लब अध्यक्ष मिनल ढकालले सिकेका ज्ञान र सीप व्यवहारमा उतारी कास्कीको सहकारी अभियानलाई सफल पार्न निरन्तर सबैको साथ र सहयोगको भूमिका रहेने बताए।

कार्यक्रममा स्वागत उपाध्यक्ष डम्बरसिंह बस्नेत र सञ्चालन सचिव अपिल कोइरालाले गरेका थिए । तालिममा ५२ सहकारीका कार्यकारी प्रमुख तथा म्यानेजरहरुको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published.