सिद्धार्थ माविको वार्षिकोत्सव

Pravin Panday

ByPravin Panday

२४ माघ २०७५, बिहीबार १०:०८ २४ माघ २०७५, बिहीबार १०:०८ २४ माघ २०७५, बिहीबार १०:०८

पोखरा, २३ माघ । स्याङ्जा फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ।

फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरी शिक्षा प्रदान गर्न सुझाव दिए ।

गाउँपालिका उपाध्यक्ष देवी थापाले शैक्षिक वातावरण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपूरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाइ तथा विद्यालयबारे समय–समयमा जानकारी लिनुपर्ने बताइन्।

कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बानियाँ, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायत बोलेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ मनोजकुमार शर्माले शैक्षिक प्रतिवेदन, लेखापाल दीपक पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक शोभाकान्त शर्मा, लिलाप्रसाद पराजुली र समीक्षा पौडेलले संयुक्त गरेका थिए ।

यस्तै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published.