सौचालय गएकी महिलालाई सर्पले टोक्यो

Pravin Panday

ByPravin Panday

१६ माघ २०७५, बुधबार १०:३६ १६ माघ २०७५, बुधबार १०:३६ १६ माघ २०७५, बुधबार १०:३६

पोखरा, १५ माघ : शौच गर्न शौचालय गएकी एक अष्ट्रेलियन महिलालाई सर्पले टोकेको छ। ५९ वर्षिया हेलेन रिचार्ड्स मंगलबार ब्रिसबेनमा रहेका छिमेकीको घर घुम्नको लागि गएकी थिइन्।

छिमेकीको घरमा रहेको शौचालयको कोमोड भित्रै लुकेर बसेको सर्पले रिचार्ड्सलाई टोकेको हो। ५ फिट लामो विषरहित अजिंगरले उनलाई टोकेको जनाइएको छ। उनको अवस्था यतिबेला समान्य छ।

कमोड भित्रको सर्पले टोकेपछि रिचार्ड्स अत्तालिएकी थिइन्। त्यसपछि तत्काल उद्धारको लागि खबर गरिएको थियो। उद्धारकर्ता जाम्सिन जेनलीले सर्पलाई कमोडबाट निकालेका थिए। उनले गर्मी महिनामा सर्पहरु शौचालयमा फेलापर्नु सामान्य भएको बताए।गर्मीका कारण सर्पहरु चिसो स्थानको खोजीमा रहने उनको भनाइ थियो। यतिबेला अष्ट्रेलियामा ४० डिग्रीसम्मको गर्मी छ।