पोखरा, २८ फागुन । मुलुक संघीयतामा गइसकेपछि कास्कीमा स्थानीय कानून अनुसारद्वारा पहिलो पटक बजार अनुगमन भएको छ ।
पोखरा महानगरपालिकाद्वारा जारी ‘बजार अनुगमन निर्देशिका–२०७४’ अनुसार पोखरामा मंगलबार बजार अनुगमन भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजकत्वमा संघीय कानुन अनुसार अनुगमन हुँदैआएको थियो ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा भएको अनुगमनमा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, जिल्ला प्रशासन कार्यालय, पशु विकास महाशाखा र गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रतिनिधि, प्रहरी र पत्रकारको सहभागिता थियो ।
स्थानीय कानुन अनुसार अनुगमन हुनु उपभोक्ता हितमा रहेको उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए । उनले यसलाई नियमित रुपमा अघि बढाउनुपनेर्मा जोड दिए ।
मंगलबार भएको पहिलो अनुगमनमा पोखरा–१० स्थित बी भाञ्जा सप्लायर्समा अनुगमनपछि सो सप्लायर्समा सिलबन्दी गरिएको छ ।
सरसफाइमा ख्याल नगरी उपभोक्ता स्वास्थ्य विपरीत संचालन गरिएको, फोहोर दुर्घन्धित पाइएपछि सुधार गर्न निर्देशन दिँदै सो सप्लायर्समा सिलबन्दी गरिएको हो । सोही सप्लायर्स आडमा भूमिका मिट पसल बिनादर्ता संचालन रहेको पाइएको छ ।
दैनिक ५ सय बढी कुखुराको मासु बिक्री वितरण गर्ने सो सप्लायर्सले आवश्यक मापदण्ड पूरा गरे/नगरेकोबारे अनुगमन टोलीले पुनः अनुगमनपछि स्वीकृति दिनसक्ने अनुगमनमा संलग्न उपभोक्ता मञ्च अध्यक्ष कोइरालाले जनाए ।