हजुरआमा बन्दै रविना

Pravin Panday

ByPravin Panday

२९ भाद्र २०७६, आईतवार १५:०५ २९ भाद्र २०७६, आईतवार १५:०५ २९ भाद्र २०७६, आईतवार १५:०५

मुम्बई : डान्स रियालिटी सो ‘नच बलिए( ९’ मा आफ्नो अदाले दर्शकलाई दिवाना बनाएकी बलिउड अभिनेत्री रविना टन्डन छिट्टै हजुरआमा बन्दैछिन्। रविनाले हालै आफ्नी छोरी छायाको ‘बेबी सोअर पार्टी’ आयोजित गरेकी छन्। उक्त पार्टीमा उनका नजिकका साथी सहभागी थिए।
रविनाकी छोरी छायाको बेबी सोअर पार्टीको तस्बिर सोसल मिडियामा तीव्र रूपमा भाइरल भएको छ। छायाको गोद भराइमा पुगेकी रविनाकी खास मित्र पूजा मखिजाले आफ्नो इन्स्टाग्राममा यो तस्बिर सेयर गरेकी थिइन्। पूजाले बेबी सोअरको तस्बिर सेयर गर्दै रविनाको तारिफमा लेखेकी छन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स। राम्ररी हेरचाह गरेर आफ्नी एडप्टेड छोरीको बेबी सोअर पार्टी गरेको देखेर मन छोयो।’

छायालाई रविनाले १९९५ मा एडप्ट गरेकी हुन्। रविनाले २००४ मा अनिल थडानीसँग विवाह गरेकी हुन्। उनका दुई सन्तान राशा र रणवीर छन्। रविनाले यो पार्टी गोप्य राखेकी छन् जसमा परिवार र नजिकका साथी मात्रै सहभागी थिए।

Leave a Reply

Your email address will not be published.