हेमजा बचतको वार्षिकोत्सवमा रक्तदान

Pravin Panday

ByPravin Panday

६ माघ २०७५, आईतवार ०९:०९ ६ माघ २०७५, आईतवार ०९:०९ ६ माघ २०७५, आईतवार ०९:०९

हेमजा, ५ माघ । पोखरा–२५, हेमजास्थित हेमजा बचत तथा ऋण सहकारी संस्थाको १३ औं विशेष साधारणसभा, वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रेडक्रस कास्कीका उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा सहकारी प्रति आभार प्रकट गर्दै सहकारी कर्मीलाई रेडक्रसका गतिविधिका चासो राख्न आग्रह गरे । सो अवसरमा लायन्स क्लव अफ पोखरा लालिगुराँसको सहयोगमा भएको रक्तदान कार्यक्रममा कुल ३० युनिट रगत संकलन गरिएको थियो ।

सहकारीका सल्लाहकार संयोजक मीनराज तिमिल्सीनाले आफ्नै संस्थामा मात्र कारोकार गर्न सम्पूर्ण शेयर सदस्यलाई आग्रह गरे । वडासचिव ईश्वरीप्रसाद बास्तोलाले सहकारी संस्थामा सहकार्यको भावना हुनुपर्ने औँल्याउँदै अन्य हेमजावासीलाई पनि सहकारीमा समेट्नुपनेर्मा जोड दिए ।

त्यस अवसरमा सहकारीका पुर्व अध्यक्ष कृष्णप्रसाद त्रिपाठी, शेयर सदस्य गोविन्दराज पोखरेल, शेयर सदस्य एवं कर्मचारी कोपिला त्रिपाठीलगायतले पनि धारणा राखेका थिए । उनीहरुले लघुवित्त कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, सहकारीले कुनै एक देखिने विशेष काम गर्नुपर्ने तथा सहकारीलाई हेमजा क्षेत्रकै नमुना बनाउनुपर्ने सुझाव पनि दिए ।

कार्यक्रमबीच असल निक्षेपकर्ताबाट रविन कुँवर, भगवती तिम्सिना, दिपकराज पौडेल, उत्कृष्ठ कर्जाग्राहीबाट शोषमणि बास्तोला, उत्कृष्ठ कर्मचारीबाट हिमलाल पौडेल, जेष्ठ शेयर सदस्य चित्रबहादुर गुरुङ, पुर्व कर्मचारीहरु ममता लम्साल, पार्वती चपाई, अर्चना श्रेष्ठ, शोभा न्यौपाने र पुजा अधिकारीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी पुर्व अध्यक्ष मीनराज तिमिल्सीना, पुर्व उपाध्यक्ष ऋषिराम पौडेल, पुर्व कोषाध्यक्ष चितानन्द त्रिपाठी, पुर्व सदस्यहरु बाबुराम सुवेदी, शोभाकर भण्डारी, राजु कुँवर, पुर्व लेखा संयोजक कमलमणि त्रिपाठी, लेखा सदस्य सेतुप्रसाद भट्टराई, शिक्षा उपसमिति सदस्य विष्णुदेवी अधिकारी, ऋण उपसमिति सदस्य विश्वराज त्रिपाठी र दिपेन्द्र बास्तोला तथा पुर्व सल्लाहकार रामचन्द्र त्रिपाठीसमेतलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष होतराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष राजेन्द्रप्रसाद बास्तोलाले स्वागत तथा संचालन सचिव विनोदप्रसाद त्रिपाठीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.