पोखरा, १२ माघ । चौथो संस्करणको एकता बुक्स अन्तरविद्यालय ह्याण्डबलमा छात्रातर्फ पोखरा एकेडेमीले र छात्रतर्फ माउण्ट अन्नपूर्ण स्कूलले उपाधि जितेका छन्।
छात्रातर्फ फाइनलमा पोखरा एकेडेमीले माउण्ट अन्नपूर्णलाई ५–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
छात्रतर्फ माउण्ट अन्नपूर्णले पोखरा एकेडेमीलाई १७–१३ गोलअन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।
प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनही १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाणपत्र वितरण गरिएको हो।
प्रतियोगितामा छात्रातर्फ माउन्ट अन्नपूर्णकी साईमी गुरुङ, छात्रतर्फ माउन्ट अन्नपूर्णकै एन्जल पुन उत्कृष्ट खेलाडी घोषित भए।
त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पोखरा एकेडेमीका छात्रा दीया थापा र पोखरा एकेडेमीकै सुदीप गुरुङले हात पार्न सफल भए।
छात्र तर्फ १६ टिम सहभागीमध्ये प्रगति बोर्डिङ स्कूल र छात्रातर्फ १० टिमको सहभागिता भएकोमा एसओएस हर्मन माईनर अनुशासित टिम घोषित भएको कास्की जिल्ला ह्याण्डल संघ कास्कीका सचिव टेकबहादुर गुरुङले बताए।
विजेतालाई नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेजबहादुर गुरुङ, एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्सका क्षेत्रीय निदेर्शक सञ्जय अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, संघ कास्कीका विदेश विभाग प्रमुख एवं पूर्ण खेलाडी रामबहादुर गुरुङ, कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष ध्वजकुमार गुरुङ, पूर्व खेलाडी इ. झपटबहादुर थापा, संघ कास्कीका कावा अध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे।